नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा “डल्फिन” विटुमिन ब्राण्ड

सुनाखरी न्युज/ काठमाडौं ।
निर्माण सामग्रीहरुलाई नेपाली बजारमा बढावा दिदै नवीनतम निर्माण प्रविधि र उत्पादनहरू प्रदर्शन गर्ने उद्देश्यले नवौं संस्करणको “नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी”यही २०८० साल माघ १८ देखि २१ गतेसम्म काठमाडौं स्थित भृकुटी मण्डपमा प्रदर्शनी भईरहेको छ ।
उक्त प्रदर्शनीको मुख्य आकर्षणको रुपमा एच.आर गोयल ग्रुपको विटुमिन स्टल नं.O-023 रहेको छ ।

उक्त स्टलमा विटुमिनका साथै सडक निर्माण कार्यको लागि आवश्यक केमिकलहरु, माईक्रो सिलिका, MYK Armentका उत्पादनहरु, वाटर प्रुफिङ केमिकलहरु आदि प्रदर्शनीमा राखिएका छन् ।

बलियो र बर्षौसम्म टिक्ने सडक पिच गर्ने कार्यमा प्रयोग गरिने विश्व स्तरीय गुणस्तर भएको VG10 ज्ण्तथाVG30 ण्क्वालिटीको डल्फिन ब्राण्डको विटुमिन नेपालमा एच.आर. गोयल ग्रूप अन्तर्गतको अरविन्द इम्पोरियम प्रा.लि.ले मात्र आयात गरी नेपालका विभिन्न स्थान र क्षेत्रहरुमा निर्माणाधिन कालोपत्रे गर्ने सडकका लागि अति आवश्यक पर्ने विटुमिनको आपुर्ती तथा बजारीकरण गर्दै आईरहेको छ । डल्फिन ब्राण्डको विटुमिन नेपालमा अरविन्द इम्पोरियम प्रा.लि.ले आयात र विक्रि वितरण गर्दा आफ्नै अत्याधुनिक प्रयोगशालाबाट गुणस्तर परीक्षण गरी उच्च गुणस्तरको विटुमिन मात्र विक्रि वितरण गर्दै आईरहेको कम्पनिले बताए ।

विटुमिनका साथै एच.आर. गोयल ग्रुपले निर्माण कार्यमा प्रयोग हुने MYK Armentका विभिन्न उत्पादनहरु समेतको आधिकारीक बिक्रेता रही नेपाली बजारमा विक्रिवितरण गर्दै आईहेको छ । MYK Arment का उत्पादनहरु जसले विभिन्न ठूला निर्माण परियोजनाहरुमा संरचनाको आवश्यकता अनुसार High Grade concrete बनाउन, वाटर प्रुफिङ र ग्राउटिङ तथा सिमेन्टलाई छिटो सेट गराउनका लागि प्रयोग हुदै आईरहेको छ । उक्त सामानहरुको बारेमा स्टल नं. (O-023)मा भिजिट गरी थप जानकारी लिन, सामानको अर्डर तथा बुकिङ गर्न समेत सकिने बताए । डल्फिन विटुमिनको डिपो नेपालका प्रमुख शहरहरु विराटनगर, वीरगञ्ज, भैरहवा तथा नेपालगञ्जमा रहेका छन् ।

साथै विटुमिनको गुणस्तर परीक्षण गर्न चाहने उपभोक्ता, ग्राहकहरुको लागि अरविन्द इम्पोरियम प्रा.लि.ले निःशुल्क ल्याव परीक्षण गर्ने सुविधा समेत उपलब्ध गराउनुका साथै हामी संग विटुमिन खरिद गर्ने ग्राहक, उपभोक्ताहरुको लागि विज्ञ प्राविधिक मार्फत निःशुल्क रुपमा After Sales Service सेवा समेत उपलव्ध गराउदै आएको व्यहोरा सम्बन्धित जानकारी गरेका छन ।

Source : sunakharinews.com

Scroll to Top